Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै देशमा यतिबेला पश्चिमी क्षेत्रमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदली भएको जानकारी दिएको छ ।

    महाशाखाका अनुसार आइतबार दिउँसो देशको पश्चिमी, मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।



    महाशााखाका अनुसार अपरान्हपछि पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमालि भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।



    राति देशको पश्चिमी भू–भागसहित मध्य र पूर्वको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार