Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महोत्तरीमा वडाध्यक्ष भारतीय नागरिक!

    महोत्तरीमा वडाध्यक्ष भारतीय नागरिक!

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 3.1K
    SHARES

    जनकपुर । महोत्तरीका एकजना वडाध्यक्ष भारतीय नागरिक रहेको खुलासा भएको छ। भारतीय नागरिक भएको भन्दै उनीविरुद्ध जिल्ला प्रशासनमा उजुरी समेत परेको छ। रामगोपालपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको उजुरीमा उल्लेख छ। चौधरीविरुद्ध कारबाही माग गर्दै स्थानीय हरिश्चन्द ठाकुरले प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

    उजुरीकर्ता ठाकुरले स्थानीय तहको चुनावमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित चौधरी भारतको सीतामढी जिल्लाको सिरसिया बजारका बासिन्दा भएको दाबी गरेका छन्। ठाकुरले प्रशासनमा पेस गरेका प्रमाणमा भारतीय निर्वाचन आयोगको फोटोसहितको मतदाता सूचीमा वडाध्यक्ष चौधरी र उनका बुबाको नाम छ।



    फर्जी कागजात पेस गरेर नेपाली नागरिकतासमेत लिएका वडाध्यक्ष चौधरी सन् २०१९ मा सम्पन्न भारतको लोकसभा चुनावमा समेत भोट हालेको प्रमाणसमेत उजुरीकर्ताले ठाकुरले प्रशासनमा उपलब्ध गराएका छन्। प्रशासनमा उजुरी दिएको झण्डै १ महिना हुँदा पनि कुनै कारबाही प्रक्रिया अघि नबढेको स्थानीय बासिन्दा ठाकुरको गुनासो छ। उजुरीकर्ता ठाकुर रामगोपालपुर नगरपालिका ८ का बासिन्दा हुन्।



    यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने त्यसबारे अनुसन्धान भइरहेको बताएका छन । यसअघि पनि वडाध्यक्ष भारतीय नागरिक रहेको भन्दै रामगोपालपुर नगरपालिका कार्यालयमा उजुरी परेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार