Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बाइस सयले बढ्यो सुनकाे मुल्य

    बाइस सयले बढ्यो सुनकाे मुल्य

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८० हजार ५०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८० हजार २०० निर्धारण गरिएको छ ।

    महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला रु ७८ हजार ३०० र तेजाबी सुन प्रतितोला रु ७८ हजारमा खरिदबिक्री भएको थियो । यसैगरी नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु २० ले बढेको छ । चाँदीको मूल्य प्रतितोला रु ८८० पुगेको छ । विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार