Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • रामचन्द्रजीले जिब्रो सम्हाल्नुपर्छ

    रामचन्द्रजीले जिब्रो सम्हाल्नुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 5.3K
    SHARES

    नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ सभापति शेरबहादुर देउवाको टिमभित्र शक्तिशाली नेताका रुपमा चिनिन्छन् । पटक–पटक मन्त्री र कांग्रेसको राम्रा पदमा पुगिसकेका श्रेष्ठसँग पार्टीभित्रको आन्तरिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

    ० नेपाली कांग्रेस बिरामी परेको छ । किन क्रियाशील हुन सकेन कांग्रेस ?
    – बिरामी परेको छैन । पार्टीभित्र विवाद छ । त्यो साधारण कुरा हो । बाहिर देखिए जस्तो द्वन्द्व कांग्रेसभित्र छैन ।



    ० सभापति शेरबहादुर देउवा असफल भनेर आरोपहरू लागिरहेका छन् नि ?
    – शेरबहादुर देउवालाई असफल भन्न मिल्दैन । देउवाले चुनाव जितेपछि धेरै लिबरल हुनुभयो । आवश्यकताभन्दा धेरै लिबरल हुनुभयो । आफूले चुनाव जितेपछि आफूसँग हारेको नेतालाई तुरुन्त केन्द्रीय सदस्य र उहाँले माग नगर्दा नगर्दै नेताको पदवी पनि दिनुभयो ।



    सारा हारेका मित्रहरूलाई भित्र्याउनुभयो । सरसल्लाहबाट काम गर्छु भन्दा असहयोग भयो । सरसल्लाह गरे जस्तो पनि गर्ने । उचित सल्लाह पनि नदिने । समयमा त्यसको फुलफिल पनि नगर्ने । देउवालाई रोक्ने काम भयो ।

    ० हरेक मोर्चामा सभापति देउवाको चार वर्षको कार्यकाल असफलतामा वित्यो होइन ?
    – शेरबहादुरजी सभापति भएपछि नेपाल महिला संघ, नेविसंघ, नेपाल तरुण दल आदि भ्रातृ संस्थाहरूको अधिवेशन गरेर कामहरू अगाडि बढ्यो । राष्ट्रिय अधिवेशन भयो । विपक्षी दलको सरकारलाई तोडेर अर्थात माओवादीलाई तोडेर आफ्नो पक्षमा ल्याएर सरकार पनि चलाउनुभयो । प्रचण्डजी प्रधानमन्त्री हुनुभयो । त्यसपछि शेरबहादुर हुनुभयो ।

    प्रचण्डजी प्रधानमन्त्री हुँदाहुँदै स्थानीय तहको निर्वाचन शुरु गर्नुभयो । देउवाजीको पालामा आएर स्थानीय निर्वाचन, प्रदेश निर्वाचन, प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुभयो । अन्तर्राष्ट्रिय सम्बन्ध पनि राम्रो थियो । देउवाकै पालामा एमसीसीमा हस्ताक्षर भयो ।

    “ओलीजीले भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भन्नुभएको छ । तर, उहाँले अँगालो मारेर भ्रष्टाचारीलाई बचाउने काम गर्नुभएको छ । ओलीका विभिन्न निर्णयहरूबाट भ्रष्टहरूलाई संरक्षण गर्नुभएको छ । वाइडबडी काण्ड, न्यारोबडी काण्ड, ३३ किलो सुनकाण्ड, ललिता निवासको जग्गाकाण्ड यी सारा कुराहरूमा ओली सरकारको संलग्नता छ ।

    ० एमसीसीमा हस्ताक्षर भएपनि त्यो पारित नहुने भयो ?
    – एमसीसी पारित हुन्छ । मैले भने हुन्छ । जे होस् एमसीसी पारित हुन्छ । एमसीसी एउटा महत्वपूर्ण विषय हो । ठूलो देश अमेरिकासँग दौत्य सम्बन्ध छ । त्यो सम्बन्धलाई कुनै पनि सरकारले बिर्गान सक्दैन ।

    ० यो एमसीसी राष्ट्रघाति होइन ?
    – कहाँबाट राष्ट्रघाति हुनु । त्यस्तो केही पनि होइन । यसमा बाहिर भने जस्तो केही पनि छैन । सैन्य गठबन्धन पनि होइन । कुनै एउटा मुलुकको ईसारामा यस्तो कुरा गरिएको छ । त्यो कुरा टिक्ने कुरा होइन । सत्य कुरा के हो भने यो हाम्रो आवश्यक्ता थियो । हामीले धेरै जलविद्युतहरू बनाउँदै छौँ ।

    जलविद्युतहरू नेपाललाई आवश्यक्ताभन्दा दश दोब्बर जलविद्युत बनाउँदै छौँ । त्यो जलविद्युतको बजार भनेको हिन्दुस्तान हो । बंगलादेश हो । त्यो ठाउँमा लैजाने कार्यक्रम एमसीसीमा छ । त्यस कारणले एमसीसी अत्यन्तै महत्वपूर्ण छ । एमसीसी संसदबाट अनुमोदन हुन्छ ।

    ० कांग्रेसले हतार गर्दैमा संसदबाट एमसीसी पारित हुन्छ र ?
    – हामीले हतार गरेका छैनौं । सत्ता पक्षका केही साथीहरूले तयार छैनन् होला । अधिकांश साथीहरू एमसीसीको पक्षमा छन् । पारित गर्न तयार छन् । कुनै पनि हालतमा एमसीसी पारित हुन्छ ।

    ० भ्रष्टाचार गर्न सत्ता पक्ष र प्रतिपक्ष मिलेका छन् नि हो ?
    – हामी मिलेका छैनौं । प्रधानमन्त्री केपी शर्मा ओलीजीले ‘भ्रष्टाचार म पनि गर्दिन र गर्न पनि दिन्न’ भन्नुभएको छ । ओलीजीले भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भन्नुभएको छ । तर, उहाँले अँगालो मारेर भ्रष्टाचारीलाई बचाउने काम गर्नुभएको छ । ओलीका विभिन्न निर्णयहरूबाट भ्रष्टहरूलाई संरक्षण गर्नुभएको छ ।

    वाइडबडी काण्ड, न्यारोबडी काण्ड, ३३ किलो सुनकाण्ड, ललिता निवासको जग्गाकाण्ड यी सारा कुराहरूमा ओली सरकारको संलग्नता छ । ओली सरकारले महँगी थपेको छ । ट्याक्स बढाएको छ । अब केही नभएर पेट्रोलियम पदार्थमा संसदलाई छलेर ओलीजीले क्याबिनेटबाट पाँच रुपियाँ थप गरेर दश रुपियाँ बनाउने निर्णय गर्नुभएको छ । पुस्तकमा पनि कर लगाएर जनताको ढाढ सेक्ने काम भएको छ ।

    हाम्रो उद्देश्य भनेको टायर जलाउने, रेलिङ भाँच्ने होइन । संसदमा कम्युनिस्टहरूले के गर्छन् देख्नु भएको छ होला नि । संसद अबरुद्ध मात्रै गर्दैनन् । कम्युनिस्टले संसदको कुर्सी तोडफोड गरेर कुर्सी उचालेर फ्याँक्छन् । हामी त अत्यन्त शान्त रुपबाट विरोध गर्ने हो । असहमति जनाउने हो । लोकतान्त्रिक पद्धति भनेको यही हो ।”

    ० संसदमा कांग्रेसले कुरा उठाउनै सक्दैन किन हो ?
    – सरकारको कार्यशैली र हाम्रो कार्यशैली फरक छ । ०४८ सालमा हामीले सरकार बनाउन नपाउँदै हनिमुन डे पनि नकुरेर कर्मचारीहरूलाई उचालेर, रेलिङ भाँचेर टायर जलाएर प्रदर्शन गर्ने कामहरू गरियो । हाम्री डेमेक्य्राट हौं । हाम्रो उद्देश्य भनेको टायर जलाउने, रेलिङ भाँच्ने होइन । संसदमा कम्युनिस्टहरूले के गर्छन् देख्नु भएको छ होला नि । संसद अबरुद्ध मात्रै गर्दैनन् ।

    कम्युनिस्टले संसदको कुर्सी तोडफोड गरेर कुर्सी उचालेर फ्याँक्छन् । हामी त अत्यन्त शान्त रुपबाट विरोध गर्ने हो । असहमति जनाउने हो । लोकतान्त्रिक पद्धति भनेको यही हो । गुठी विधेयकमा विरोध गर्यौं । विधेयक फिर्ता भयो । मिडियाको हातखुट्टा बाँध्ने विधेयक ल्याइएको थियो । त्यसको हामीले पूरा विरोध गर्यौँ । पत्रकारहरू कम्युनिस्ट सरकारलाई म परेको छैन ।

    ० रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई गम्भीर आरोप लगाउनुभएको छ । १४औं महाधिवेशन कब्जा गर्न विभागहरूको प्रमुख र केन्द्रीय सदस्य बनाउँदा देउवाले पैसा लिनुभएको छ रे हो ? देउवालाई पैसामा पद बाँड्नु भएको आरोप पौडेलको छ नि ?
    – यो अत्यन्त गलत कुरा गर्नुभयो । पौडेलजीले यति निकृष्ट कुरा गर्नु हुन्छ भनेर मैले सोचेको पनि थिइन । कांग्रेसका केन्द्रीय सदस्यहरूले पैसा तिरेर, पैसा लिएर, पैसाको चलखेल गरेर विभागीय प्रमुख बन्न कोही जाने कुरामा रामचन्द्र पौडेलजीले आफ्नो जिब्रो सम्हाल्नुपर्छ ।

    ० देउवाले पैसामा पद बाँडेको कुरा रामचन्द्र पौडेलले आधार र प्रमाणका आधारमा बोलेको भन्नुभएको छ नि ?
    – बोल्न पाएँ भनेर जे पनि बोल्ने ? विभिन्न पार्टीबाट आएका साथीहरू केन्द्रीय सदस्यमा आएका छन् । हाम्रो पार्टीको नीतिअनुसार आमन्त्रित केन्द्रीय सदस्य बनेका छन् । छटेपुटेका साथीहरू बनेका छन् । विभाग गर्नमा कुनै चलखेल भएको छैन । त्यस्तो कुरा गर्न लाज लाग्दैन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार