Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • काेराेनाकाे सन्त्रास: युराेपमा धमाधम बन्द हुँदै नेपाली दूतावासहरु, घरबाटै सेवा

    काेराेनाकाे सन्त्रास: युराेपमा धमाधम बन्द हुँदै नेपाली दूतावासहरु, घरबाटै सेवा

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण युरोपमा नेपाली दूतावासहरु धमाधम बन्द हुन थालेका छन् । दूतावास खोल्दा कर्मचारीबीच संक्रमण फैलन सक्ने भन्दै युरोपमा रहेका नेपाली दूतावासहरु बन्द हुन थालेको हो । केही दूतावासहरुले अत्यावश्यकबाहेका सेवाका लागि दूतावास नआउन कर्मचारीहरुलाई यसअघिनै सूचनाहरु जारी गरिसकेका छन् ।

    दूतावासहरुले अत्यावश्यक सेवा टेलिफोन, इमेल, इन्टरनेटबाट दिइरहेको जनाएका छन् । फ्रान्सको पेरिसमा रहेको नेपाली राजदूतावासले कोरोना भाईरस संक्रमणको कारण उत्पन्‍न आपतकालीन अवस्थाका कारणले अर्को सूचना नभएसम्म नेपाली दूतावास बन्द रहने सूचना निकालेको छ । उसले आपतकालिन सेवाका लागि सम्पर्क गर्नका लागि फोन नम्बर राखेको छ । कोरोना भाइरसको संक्रमण यतिबेला युरोपमा बढी देखिएको छ ।



    बेल्जियमाको ब्रसेल्स्, स्विजरल्याण्डको जेनेभा लगायतका स्थानमा रहेका दूतावास बन्द रहेका छन् । यसअघि अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यन्त जरूरी अवस्थामा मात्र राजदूतावासमा सम्पर्क गर्न अस्ट्रेलियामा रहेका नेपालीहरुलाई आग्रह गरेको थियो । त्यस्तै यूएईस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरेको सूचना मंगलबार नै प्रकाशित गरेको थियो ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार