Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कोरोनाकाे महामारी: अमेरिकामा एक नेपालीको मृत्यु, तीन संक्रमित

    कोरोनाकाे महामारी: अमेरिकामा एक नेपालीको मृत्यु, तीन संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 1.9K
    SHARES

    अमेरिका । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट अमेरिकामा एक गैरआवासीय नेपालीको मृत्यु भएको छ। पाँचथर जिल्ला साविक रानीगाउँ गाविस घर भएका ५० वर्षीया अनिल लिम्बुको मृत्यु भएको हो।

    लिम्बु २० वर्षदेखि अमेरिकाकाे न्यूयोर्क कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बासोबास गर्दै आएका थिए। ‘हाम्रो नेपाली समुदायबाट एकजनालाई हामीले गुमाउनु परेको छ, साह्रै दुखद भयो’, जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले भने, ‘सबै जना सुरक्षित रहनुहोला।’नेम्वाङका अनुसार उनको परिवारका सबै संक्रमित छन्। परिवारका बाँकी सदस्य घरमै बसिरहेका छन्।



    लिम्बुका श्रीमती, दुई छोरा र एक छोरी छन्। लिम्बुले सुगर र ब्लड प्रेसरको औषधी सेवन गर्दै आएको परिवार श्रोतले जानकारी दिएको छ। हालसम्म अमेरिकामा अन्य तीनजना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। न्यूयोर्क राज्यको कुइन्समा बसोबास बसोबास गर्दै आएका ४७ र ५५ बर्षका दुईजना नेपालीलाई संक्रमण पुष्टि भएको हो।



    त्यसैगरी भर्जिनियाको फेरफाक्समा बसोसबास गर्दै आएकी एक ३८ बर्षियमहिलालाई संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये एक जनालाई कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। अन्य दुईजना घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार