Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना महामारी : अध्यागमनको लापरबाहीले संक्रमित फैलने खतरा

    कोरोना महामारी : अध्यागमनको लापरबाहीले संक्रमित फैलने खतरा

    प्रहरीलाई संक्रमित खोज्न हम्मे

    कुमार भण्डारी
  • बिहिबार, १३ चैत्र २०७६
  • 3.1K
    SHARES

    काठमाडौं । चीनको वुहान शहरबाट शुरु भएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण आजसम्म ज्यान गुमाउनेको संख्या २१ ज्यान हजार नाघिसकेको छ भने संक्रमितको संख्या पनि पाँच लाख पुग्न लागिसकेको छ । यद्यपी कोरोना संक्रमण भएका १ लाख ९ हजार भन्दा बढि निको भएर घर फर्केका पनि छन् ।

    हालसम्म विश्वका १८० भन्दा बढि देशमा कोरोनाको संक्रमण फैलिसकेको छ । सबैभन्दा पहिले शुरु भएको चीनमा भने यसको रोकथाम हुने क्रम जारी छ ।



    यस्तो भयावह अवस्थामा कतिपय देशमा कफ्र्यु घोषणा भएका छन् भने अमेरिका जस्तो देशले संकटकाल घोषणा गरेर महामारी राेक्न पहल कदमी चालिरहेकाे छ । अधिकांश देशले आवत जावतलाई बन्द गरेका छन् भने यो समयमा देश प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राखेर उपचार गरिरहेको अवस्था छ । र पनि कोरोनाको त्रास भने कम भएको छैन । सबैभन्दा बढी संक्रमित रहेको इटालीले त कोरोना संक्रमित घरबाट बाहिर निस्किए ५ वर्ष जेल हान्ने नै बताएको छ ।



    तर, नेपालमा भने सरकारले प्रभावकारी कदम चाल्न नसक्दा कोरोना संक्रमण फैलने खतरा अझै बाँकी छ । सबैभन्दा पहिले शुरु भएको चीनमा सरकारको प्रभावकारी कदमका कारण हाल कोरोना संक्रमित देखिन छाडेका छन् भने नेपालमा बुधबारसम्म तीन जनामा कोरोना संक्रमण देखिएको छ ।

    हुन त सरकारले कोरोनाको संक्रमण रोकथामका लागि भन्दै मंगलबार विहान ६ बजेबाट एक साताका लागि लक डाउनको घोषणा गरेको छ । यद्यपी त्यसमा कडाइ नहुँदा कोरोना फैलने त्रास भने बढ्दै गएको छ ।

    नेपालमा सबैभन्दा पहिले चीनबाट आएका एक विद्यार्थीमा कोरोनाको संक्रमण देखिएको थियो । उनी उपचारपछि घर फर्केर आफ्नो नियमित काम गरिरहेका छन् । त्यसपछि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोनाको संक्रण देखियो ।

    त्यसपछि मात्रै सरकारले ध्यान पुग्यो, ती किशोरीसँगै आएका यात्रुहरुतर्फ । यदि चैत ४ गते कतार एयरवेजको फ्लाइट – QR ६५२ j बाट नेपाल आइपुगेकी ती किशोरीसँगै प्लेनमा आएका सबैलाई सरकारले क्वारेन्टाइनमा पठाएको थियो भने अहिले नेपालमा कोरोना संक्रमित नै हुँदैन थिए ।

    ती किशोरीसँगै उक्त प्लेनमा १ सय २५ जना यात्रु चैत ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका थिए । ती सबै यात्रुलाई विमानस्थल अध्यागमन विभागले चीनबाट ल्याइएकालाई खरीपाटीको क्वारेन्टाइनमा राखेजस्तै गरी राखेको भए नेपालमा कोरोना फैलने संभावना निकै कम हुन्थ्यो ।

    विमानस्थल अध्यागमनको लापरवाहीका कारण नेपालमा कोरोनाको संक्रमण बढ्ने निश्चित प्राय भएको छ भने नेपाल प्रहरी यतिबेला ती किशोरीसँग आएका यात्रुहरुको खोजीमा भौतारी रहेको छ ।

    यदि समयमै विमानस्थल अध्यागमनले हेलचेक्य्राई नगरेको भए न त अहिले देशमा कोरोनाको भयावह अवस्था आउँथ्यो न त नेपाली प्रहरीलाई घरघर पसेर चोर खोजे झै कोरोना संक्रमित नै खोज्नु पथ्र्यो ।

    त्यसअघि सरकारले चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखेको थियो । उनीहरुमध्ये कसैलाई पनि कोरोना संक्रमण नदेखिएपछि १४ दिनपछि उनीहरु आ–आफ्नो घर फर्केका थिए ।

    त्यसपछि सरकारले कोरोना संक्रमित भएका देशबाट नागरिकहरुलाई आउन प्रतिबन्ध लगायो । तर, चैत ८ गते शनिबार विभिन्न प्रतिबन्धित मुलुकबाट आएका ६७ जना नेपालीलाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राख्यो । उनीहरु जापान, मलेसिया र यूएईबाट आएका थिए ।

    तर, चैत ४ गते बीचको समयमा आएका नेपालीहरुलाई भने विमानस्थल अध्यागमनले किन सामान्य ज्वरो नापेकै भरमा घर जान दियो रु प्रश्न गम्भिर र सोचनिय छ । जसले गर्दा देश अहिले महामारीको भुमरीमा परेको छ ।

    यस विषयमा सम्बन्धित निकाय अझै किन चुप बसिरहेकै छ रु समयमै संयमता नअपनाउँदाको परिणाम हो यो । अहिसम्म पत्ता लागेको दुई संक्रमित दुबै जना एउटै प्लेनमा आएका यात्रुहरु हुन् । विमानस्थल अध्यागमनको लापरबाहीको शिकार अहिले नेपाल प्रहरी र नेपाली जनता परेका छन् ।

    अध्यागमनको जिम्मा प्रहरीलाई दिऔं !

    निजामती कर्मचारीले अध्यागमन विभाग, त्यस अन्तर्गतका कार्यलयहरुको प्रभावकारी व्यवस्थापन र नाकाहरुबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नसकेको निष्कर्ष सहित पूर्व गृहमन्त्री जनार्दन शर्माले आफ्नो पालामा अध्यागमनको जिम्मा प्रहरीलाई दिन खोजेका थिए । तर, कर्मचारीहरुको बिरोधका कारण उनको प्रयास सफल हुन सकेन।

    उनले त्यतिखेर भनेका थिए –’कि अहिलेका कर्मचारीलाई तालिम दिनु पर्यो की त वेग्लै फोर्स गठन गुर्न पर्यो । अहिलेकै अवस्थामा अध्यागमन चल्दैन भन्ने निष्कर्ष हो ।’ निजामती कर्मचारीले अध्यागमन चलाउन नसकेको आरोप लगाउदै त्यसको व्यवस्थापन लिन प्रहरी संगठन पनि लामो समय देखि प्रयासरत छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार