Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकार ! कालीमाटी बजारमा कोरोना संक्रमण हुँदैन ? (फोटो फिचर)

    सरकार ! कालीमाटी बजारमा कोरोना संक्रमण हुँदैन ? (फोटो फिचर)

    कुमार भण्डारी
  • मंगलबार, १८ चैत्र २०७६
  • 4.9K
    SHARES

    काठमाडौं । छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएर महामारीको रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण, नियन्त्रण र रोकथामका लागि सरकारले गरेको लकडाउन अहिले पनि जारीे छ । चैत ११ गते बिहान ६ बजेदेखि लगाइएको लकडाउन २५ गतेसम्म लम्बिएको छ ।

    कोरोनाको यस्तो भयावह अवस्थामा नेपालमा भने सरकारले लकडाउन गर्ने बाहेक खासै उल्लेखनिय काम गर्न सकेको छैन । यही बेला कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले खरिद गरेको स्वास्थ्य सामाग्रीमा करोडौं भ्रष्टाचार भएका समाचार आएका छन् ।

    यसअघि सरकारले चैत १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । तर, अझै पनि कोरोना संक्रमणको खतरा देखिएको भन्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन चैत २५ गतेसम्म थप्ने निर्णय गरेको हो । लकडाउनमा सरकारले अत्यवश्यक सेवा प्रदान गर्ने बाहेक कुनै पनि सावरीसाधन चलाउन निषेध गरेको छ ।





    नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १ जनालाई निको भइसकेको छ भने चार जनाको उपचार भइरहेको छ । आज विहान ७ बजेसम्म कोरोनाका कारण विश्वभर ३७ हजार ६ सय ३९ जनाको मृत्यु भइसकेको छ भने ७ लाख ८४ हजार ६ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । यद्यपी १ लाख ६५ हजार ३ सय ७० जनालाई भने निको भएको छ ।

    कोरोनाको यस्तो भयावह अवस्थामा नेपालमा भने सरकारले लकडाउन गर्ने बाहेक खासै उल्लेखनिय काम गर्न सकेको छैन । यही बेला कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले खरिद गरेको स्वास्थ्य सामाग्रीमा करोडौं भ्रष्टाचार भएका समाचार आएका छन् ।

    सरकारले लकडाउन गरेको आठौं दिनसम्म आइपुग्दा दिउसो मात्र लकडाउन गरेजस्तै देखिएको छ । सरकारले अत्यावश्यक सामानहरुको विक्री वितरण गर्ने निर्णय गरेपनि त्यसलाई व्यवस्थित पार्न नसक्दा नेपालमा कोरोना संक्रमण ह्वात्तै बढ्ने चिकित्सकहरु नै बताउँछन् ।

    दिउसो मात्रै हुन्छ संक्रमण
    देशकै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा ३ बजेदेखि नै छिर्नै नसक्ने भिड हुन्छ । चैत १६ गते कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समिति, काठमाडौं महानगरपालिका, महानगरिय प्रहरी वृत कालिमाटी, बजारमा क्रियाशिल तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थालगायत अन्य सम्बन्धीत निकायहरुको प्रतिनिधीहरुको बैठकले दैनिक उपभोग्य तरकारी तथा फलफूलको सहजता तथा भिडभाड कम गर्न थोक तर्फको बजार बिहान २ बजेदेखि बिहान ७ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको थियो ।

    तर, आज हामी कालीमाटी बजारमा पुग्दा न त त्यहाँ कोरोनाको संक्रमण रोक्न कुनै कदम चालेको पाइयो न त आलु, प्याज बाहेक अन्य तरकारीको थोक कारोवार नै गरेको पाइयो ।

    उक्त बैठकले बजारमा कारोवार गर्दा थोक कारोवार (क्रेट, बोरा, झोला जे जस्तो तौलमा प्याकिङ भएको छ सोही अबस्थामा बिक्री गर्नु पर्ने)मात्र गर्न पाउने, बजार हाता भित्र मोटरसाईकल र साईकल प्रवेशमा पूर्ण रोक लगाउने, बजारमा भारतीय नम्वरका सवारी साधान प्रवेशमा रोक गर्दै त्यहाँबाट आयतीत तरकारी फलफूल बिक्री बितरण गर्न नपाईने, खुद्रा तर्फको बजार साँझको ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने निर्णय गरेको थियो ।

    तर, आज हामी कालीमाटी बजारमा पुग्दा न त त्यहाँ कोरोनाको संक्रमण रोक्न कुनै कदम चालेको पाइयो न त आलु, प्याज बाहेक अन्य तरकारीको थोक कारोवार नै गरेको पाइयो ।

    कालीमाटीको भिडभाड देख्दा सरकारले गरेको लकडाउन दिउसोका लागि र कालीमाटी बाहेक अन्य क्षेत्रका मानीसहरुका लागि मात्रै जस्तो देखिन्थ्यो । किन कालीमाटीमा चाहिं कोरोना संक्रमण हुन सक्दैन र प्रश्न गर्न मन लाग्यो ?

    कालीमाटीमा हरीयो तरकारी बेचिरहेका एक जना व्यापारीलाई यस्तो अवस्थामा पनि तरकारी बेच्न आउनु भएको रहेछ है ? भन्ने प्रश्न गर्दा उनको जवाफ यस्तो थियो–‘हामी त हरियो तरकारी बेच्ने व्यापारी, किसानहरुले तरकारी पठाउँछन् । नबेचे एकै दिनमा कुहिन्छ । बेच्दिन भनौ भने पछि सामान पाइन्न । के गर्नु ? न सरकारले पूरै बन्द गर्छ, न त काम गर्न नै दिन्छ । अहिले ६ बजेपछि बन्द गर्नु भन्न आउँछन् प्रहरीहरु ।’
    उनको यो उत्तरले हामी छक्क मात्रै परेनौं अचम्मित समेत बन्यौं । के ६ बजे अगाडि चाहिं कोरोनाको संक्रमण नहुने अनि ६ बजे पछि चाहिं कोरोनाको संक्रमण हुने हो ? कालीमाटी बजारभित्रको भिड अन्य बेला भन्दा कम थिएन । तर, सरकार भने लकडाउन गरेको भन्दै दिउसो सडकमा हिड्ने २/४ जना वटुवाहरुलाई पक्राउ गरेर रमिता देखाइरहेको छ ।

    सरकार लाचार कि जनता अटेर ?
    कालीमाटी बजार विकास समितिसहितले ७ बजेसम्म बजार खोल्ने निर्णय गरेको छ । तर, ७ बजे पसल बन्द गरेर बाहिर निस्कदा पुलिसले डण्डी बर्साउँछ । कस्तो अचम्म ? के यहि हो सरकारले कोरोना संक्रमण रोक्न गरेको पहलकदमी ?

    दिउसो चाहिं जरुरी काम परेर बाहिर निस्कियो भने पनि प्रहरीले केरकार गर्छ र सडक किनारामा दुई घण्टासम्म उभ्याउँछ । कालीमाटीमा पसल भएका तर, कोटेश्वर बस्ने एक व्यापारीको गुनासो यस्तो थियो – ‘७ बजे पसल बन्द गरेर घर फर्कन खोज्दा बल्खुमा प्रहरीले जताबाट आएको हो उतै फर्कनु भन्दै जान दिएन । टेकुबाट जान खोज्दा पनि कालोपुलबाट फर्काइदियो ।’ किन सरकारले यसरी जनतालाई दुःख दिइरहेको छ ?

    हामीले यहाँ सरकारले सबै गलत गरेको हो । तरकारी बजार पूरै समय खोल्नु पर्छ र व्यापार गर्न दिनुपर्छ भन्न खोजेको पक्कै होइन । ७ बजेसम्म तरकारी बजार खुल्छ भने व्यापारीहरुलाई घर पुग्ने समय किन दिइन्न ? कि ७ बजेसम्म तपाईहरु आ–आफ्नो घर पुग्नुपर्छ भनेर किन निर्णय गरिदैन ? अर्कोतिर कालीमाटीमा व्यापार गर्नु नै छ भने कोरोना संक्रमण रोक्ने गरी दुरी बढाएर किन व्यापार गर्ने व्यवस्था मिलाईंदैन ? यस्ता कयौं प्रश्नहरु सरकारमाथि तेर्सिएका छन् ।

    कतै सरकार दिउसो लकडाउन गरेरै कोरोनाको संक्रण रोकिन्छ भन्ने भ्रममा त परेको छैन । त्यसो त एकाविहानै कालीमाटी बजार जान लाग्दा बाटोभरी काठमाडौं बाहिर जानेको लर्को देखिन्थ्यो । बल्खुमा रहेको तरकारी बजारमा उत्तिकै भिड थियो भने सडकमा बाहिर जानेहरुको भिड देख्दा लकडाउन खुलेझैं लाग्थ्यो । कालीमाटी र बल्खुमा तरकारी लिएर आएका गाडीहरुमा मानिसहरु कोचिएर यात्रा गरिरहेका थिए । त्यसमाथि पनि मागेजती भाडा दिएर । यस्तो महामारीको बेला कुन ठाउँमा गरेको छ सरकारले अनुगमन ? यसरी रोकिन्छ कोरोना संक्रमण ? यतातिर सम्बन्धित निकायको ध्यान जाओस् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार