Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • ८१ र ५८ वर्षीया आमा छोरा ११ दिनमै कोरोनालाई जितेर घर फर्किए

    ८१ र ५८ वर्षीया आमा छोरा ११ दिनमै कोरोनालाई जितेर घर फर्किए

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् ।

    पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका उनीहरु आज डिस्चार्ज भएका हुन् ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्तिहरु डिस्चार्ज भएको जानकारी दिएका हुन् ।



    उनीहरु आमा–छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।
    यो परिवारका तीन जना ५ चैतमा बेलायतबाट नेपाल आएका थिए । नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्‍यापिड टेष्ट गर्दा उनीहरुमा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

    त्यसलगत्तै सनसिटी अपार्टमेन्ट सिल गरी उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार