Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना भाइरसले विश्वभर विश्वभर ३ लाखभन्दा बढीको मृत्यु

    कोरोना भाइरसले विश्वभर विश्वभर ३ लाखभन्दा बढीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार २४ पुगेको छ । शुक्रबार बिहान कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५९ हजार ६८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १८ हजार ६७२ पुगेको छ ।

    उत्तर अमेरिकी मुलुकहरुमा ९७ हजार ६३३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख ९८ हजार ८८० पुगेको छ । यस्तै एसियाली मुलुकहरुमा २५ हजार ५७३ जनाको मृत्यु भएको छ । ७ लाख ३८ हजार ९२० जना संक्रमित छन् ।



    दक्षिण अमेरिकी मुलुकहरुमा २० हजार ३८ जनाको मृत्यु भएको छ । ३ लाख ७७ हजार १७४ जना संक्रमित छन् । अफ्रिकी मुलुकहरुमा २ हजार ५७८ जनाको ज्यान गएको छ भने ७७ हजार २ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५९० पुगेको छ ।



    कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६७६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८६ हजार ८७३ पुगेको छ पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार २७० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ५५ हजार ६१७ पुगेको छ ।

    विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४५ लाख १९ हजार ९५९ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार २५९ जनाले ज्यान गुमाएका छन् भने ९४ हजार ३०४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १६ लाख ९९ हजार ८८३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २५ लाख १७ हजार ५२ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ५५२ जनाको अवस्था गम्भीर छ ।

    चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार