Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • टिचिङमा बिरामी भेट्न पुगेका व्यक्तिमा कोरोना संक्रमण, कन्ट्याक्ट ट्रेसिङ शुरु

    टिचिङमा बिरामी भेट्न पुगेका व्यक्तिमा कोरोना संक्रमण, कन्ट्याक्ट ट्रेसिङ शुरु

    अनलाइन नेपाल
  • शनिबार, ३ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं। त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा बिरामी भेट्न आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएपछि कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ ।

    यहीँ आएर संक्रमण भयो कि अन्य कतैबाट संक्रमण फैलियो भन्ने बारेमा कन्ट्याक्ट ट्रेसिङ सुरू भएको अस्पताल स्रोतले जनाएको छ। ।यसअघि टिचिङ अस्पतालको न्यूरो वार्डमा भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो।



    त्यसपछि  न्यूरो वार्डमा उपचारमा संलग्न डाक्टर/नर्स र बिरामी भेट्न आएकाको स्वाब परीक्षण गरिएको थियो । परीक्षण गर्दा उनमा संक्रमण पोजेटिभ देखिएको हो। उनलाई अहिले आइसोलेसनमा राखिएको अस्पताल स्रोतले वतायो।



    शुक्रबार कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी रहेको समाचार सार्वजनिक पनि उनी अस्पतालका कर्मचारी नभएर बिरामी भेट्न आउने व्यक्ति रहेको खुलेको थियो। दाङका  ती व्यक्ति न्यूरो वार्डमा सर्जरी गरेको बिरामीलाई भेट्न आएको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार