Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतीय नागरिकले आक्रमण प्रयास गरेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर

    भारतीय नागरिकले आक्रमण प्रयास गरेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर

    अनलाइन नेपाल
  • शनिबार, ३ जेष्ठ २०७७
  • 4K
    SHARES

    झापा। नाकामा रहेको नेपाली सुरक्षाकर्मीकाे अस्थायी पोस्टमा भारतीय नागरिकले आक्रमण प्रयास गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।

    कचनकवल १ स्थित घेराबारीस्थित १२५ र १० नम्बरको सीमा पिलर नजिकै रहेका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो । शनिबार साँझ साढे ७ बजेको समयमा डेढदेखि दुई सय जना भारतीय नागरिकको जत्थाले नेपाली भूमिमा आएर सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गर्न खोजेका थिए ।



    प्रहरीले गोली चलाएपछि उनीहरू त्यहाँबाट भागेका थिए।  केही दिनअघि नेपाली भूमिमा अन्नबाली लगाएका भारतीय नागरिकलाई नेपालका सुरक्षाकर्मीले सीमामै रोकेका थिए । सोही बिबादलाई लिएर उनीहरू फेरि आएको बताइएको छ।



    नेपाल प्रहरीले उक्त बिषयलाई लिएर भारतीय सुरक्षाकर्मीलाई जानकारी गराएपछि भारतीय सीमा सुरक्षा बल  आएर भारतीयलाई रोकेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार