Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना निको हुनेको संख्या ४५ पुग्यो

    कोरोना निको हुनेको संख्या ४५ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना लागेर निको हुनेका संख्या ४५ पुगेको छ ।

    आज विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेको संख्या ४५ पुगेको हो ।



    आज डिस्चार्ज हुनेमा ५ जना भारतीय जमाती र ३ जना उदयपुरको भुल्केका बसिन्‍दा हुन् ।



    उनीहरु वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए ।

    बुधबार डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका ३ जनालाई भुल्के पठाइएको कोभिड अस्पतालले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार