Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतीय मिडियालाई यसरी सबक सिकाए नेता रिजालले

    भारतीय मिडियालाई यसरी सबक सिकाए नेता रिजालले

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 3.5K
    SHARES

    काठमाडौं। सीमा प्रकरणमा नेपालमाथि खनिएका भारतीय संचारमाध्यामलाई नेपाली कांग्रेसका नेता एंव पूर्व सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले सवक सिकाएका छन् ।

    नेपालको नयाँ नक्सालाई लिएर नेपालमाथि मात्र होईन अभिनेत्री मनिषा कोइरालालाई भारतको खाने, चीनको गित गाउने जस्तो तुच्छ आरोप लगाउदै खनिएका भारतीय संचारमाध्यामलाई भारतीय न्यूज च्यानल रिपब्लिक मार्फत सबक सिकाएका हुन् ।



    बुधबार साँझ  पत्रकार अर्णव गोस्वामीले चाइना युजेज नेपाल नाम दिएर संचालन गरेको कार्यक्रममा  लामो न लामो प्रश्न गरी चीनको इशारामा नेपालले नयाँ नक्सा सार्वजनिक गरेको आशय व्यक्त गरेका थिए ।



    जवाफमा कांग्रेस नेता डा.रिजालले अर्णव, तपाईंले प्रश्न गरेका हो कि कुनै मन्तव्य दिनुभएको हो भनि उल्टै प्रश्न गर्दै नेपालमा यसरी अन्तर्वार्ता नलिने स्पष्ट पारे । उनले नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद भएको र आफुहरु द्विपक्षीय छलफलबाट समस्या हल गर्न चाहेको स्पष्ट पारे ।

    डा.रिजालले नक्सामा समेटिएका भुभाग आफ्नो भएको पुष्टि गर्न यथेष्ट प्रमाण आफुहरुसंग भएको बताएका थिए । उनले भारतले पनि आफ्नो तर्फबाट प्रमाण जुटन समाधान गर्ने वार्तामा बसौं भन्ने नेपालले चाहेको बताए । उनले यो विषयमा चीनलाई जोड्नु कुनै तुक नभएको पनि बताए ।

    त्यसपछि कार्यक्रम प्रस्तोता अर्णवले विषयलाई मोड्दै प्रधानमन्त्री केपी ओलीले संसदमा दिएको वक्तव्य स्मरण गराउदै चीनको कोरोना भाइरसभन्दा भारतबाट आएको भाइरस कडा रहेछ भन्ने तपाईंको प्रधानमन्त्रीको कस्तो बहुलठ्ठीपूर्ण तर्क हो भनि प्रश्न गरे । डा. रिजालले आफु र आफ्नो पार्टीले सीमा सम्बन्धमा सरकारले लिएको अडानको समर्थन गरेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार