Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना कहर : विश्वभर ३ लाख ३४ हजारको मृत्यु, संक्रमित ५२ लाख नजिक

    कोरोना कहर : विश्वभर ३ लाख ३४ हजारको मृत्यु, संक्रमित ५२ लाख नजिक

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ३४ हजार ३९ जनाको मृत्यु भएको छ ।बितेको २४ घण्टामा ४ हजार ८०० जनाले ज्यान गुमाएका छन् भने १ लाख ४ हजार ९४५ जनामा संक्रमण पुष्टि भएको छ ।

    २७ लाख ७६ हजार ११३ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ६४५ जनाको अवस्था गम्भीर छ ।



    शुक्रबार यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६६ हजार ८०५ जनाको मृत्यु भएको छ ।



    १८ लाख ४८ हजार ३२२ जना संक्रमित भएकोमा ८ लाख २६ हजार ६४१ जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९ हजार ७०२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ९३ हजार ९३४ पुगेको छ ।

    यस्तै एसियाली मुलुकहरुमा २६ हजार २३८ जनाको मृत्यु भएको छ । ८ लाख ८७ हजार २१८ जना संक्रमित भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा २८ हजार ४३ जनाको मृत्यु भएको छ । ५ लाख ४७ हजार ७९० जना संक्रमित भएका छन् ।

    अफ्रिकी मुलुकहरुमा ३ हजार ११५ जनाको ज्यान गएको छ भने १ लाख १ हजार ६८३ जना संक्रमित छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२१ जनाको मृत्यु भएको छ । ८ हजार ६८८ जना संक्रमित भएका छन् ।

    कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९६ हजार २६९ जनाको मृत्यु भएको छ । १६ लाख १९ हजार ७८७ जना संक्रमित भएका छन् ।

    यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ ३ लाख १७ हजार ५५४ जना संक्रमित भएका छन् भने ३ हजार ९९ जनाको मृत्यु भएको छ।

    श्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ५१ लाख ८८ हजार ३५६ जना संक्रमित भएका छन् २० लाख ७८ हजार २०४ जना संक्रमण मुक्त भएका छन् ।

    चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार