Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पाकिस्तानमा ९९ यात्रुसहित १०७ जना चढेको विमान दुर्घटना

    पाकिस्तानमा ९९ यात्रुसहित १०७ जना चढेको विमान दुर्घटना

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । पाकिस्तानमा एक विमान दुर्घटना भएको छ । कराँचीमा विमान दुर्घटना भएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

    राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको हो ।



    घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन । पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए ।



    पाकिस्तानी समाचार संस्थाहरुका अनुसार विमानमा ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ थिए। ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार