Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विमान दुर्घटनामा ज्यान गुमाएकाको मुक्तिका लागि पशुपतिनाथमा महायज्ञ सुरु

    विमान दुर्घटनामा ज्यान गुमाएकाको मुक्तिका लागि पशुपतिनाथमा महायज्ञ सुरु

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 573
    SHARES

    काठमाडौं । विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको आत्माशान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा महायज्ञ सुरू गरिएको छ ।

    यती एयरलाइन्स र तारा एयरलाइन्सको आयोजनामा पशुपति क्षेत्रमा सञ्चालन भएको महायज्ञ तीन दिनसम्म सञ्चालन हुनेछ ।



    विमान दुर्घटनामा ज्यान गुमाएकाको आत्माको शान्ति र भावी घटना निवारणको कामना गर्दै उक्त महायज्ञ सञ्चालन गरिएको हो ।



    गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एटीआर जहाज पोखरामा दुर्घटना हुँदा चालक ४ जनासहित ७२ जनाको मृत्यु भएको थियो ।

    त्यस्तै, गत जेठमा मुस्ताङको थासाङ गाउँपालिकामा तारा एयरको जहाज दुर्घटना हुँदा चालकदलका सदस्यसहित २२ जनाको ज्यान गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार