Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतमा वायुसेनाको विमान दुर्घटना, दुईजना पाइलटको मृत्यु

    भारतमा वायुसेनाको विमान दुर्घटना, दुईजना पाइलटको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । भारतीय वायु सेनाको एक विमान दुर्घटना भएको छ ।

    बिहिबार राति राजस्थानमा दुर्घटना हुँदा विमानमा रहेका दुई जना पाइलटको मृत्यु भएको हो ।



    राजस्थानको बाडमेर क्षेत्रको भिमाड गाउँमा उडान भरिरहेको मिग ट्वेन्टी वान विमान बिहिबार राति स्थानीय समय अनुसार ९ बजेर १० मिनेट जाँदा दुर्घटना भएको भारतीय वायुसेनाले जनाएको छ ।



    दुर्घटना यति भयानक थियो कि विमानका भग्नावशेषहरु आधा किलोमिटरपरसम्म उछिट्टिएका थिए ।

    परीक्षण तालिमका क्रममा विमान दुर्घटना भएको बुझिएको छ । तर दुर्घटनाको कारण भने खुल्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार