Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बारामा थप ६ जना कोरोना संकमित थपिए

    बारामा थप ६ जना कोरोना संकमित थपिए

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । बारामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही समय अघि भारतबाट फर्केर सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

    बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले थप ६ जनामा कोरोना पुष्टि भएको जानकारी गराए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म पुष्टि गरेको छैन ।



    संक्रमित हुनेहरुमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का ३४, ३८ र ४५, वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षका रहेका छन् ।



    गत जेठ ७ गते उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । हेटौंडाले पनि उनीहरुको रिपोर्ट कन्फर्म गर्नका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार