Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • २५ सयको भीडमा आएका ४ जनालाई कोरोना पुष्टि भएपछि सुदूरपश्चिममा त्रास

    २५ सयको भीडमा आएका ४ जनालाई कोरोना पुष्टि भएपछि सुदूरपश्चिममा त्रास

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । बिहीबार कैलालीको गौरीफन्टा नाकाबाट २४ सय ९८ जना स्वदेश फर्किए ।

    उनीहरुमध्ये २२ जनालाई कोरोनाको लक्षण देखिएपछि सिधै कैलालीको सेती प्रादेशिक अस्पताल पुर्याइयो ।



    ति २२ जनामध्ये ४ जनामा आज कोरोना संक्रमण पुष्टि भयो भने बाँकी १८ जनाको रिपोर्ट आउन बाँकी छ ।



    यो घटनापछि अहिले सुदूरपश्चिम प्रदेशमा त्रास फैलिएको छ ।

    उनीहरुमध्येबाट ६ सय जनाको मात्र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

    शनिबार संक्रमण पुष्टि भएका चारै जना बैतडीको शिवनाथ गाउँपालिकाका हुन् । शिवनाथ गाउँपालिकाका–१ का २७ र २० वर्षीय तथा वडा नम्बर २ का २२ र ३० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    संक्रमित चारै जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छन् ।

    यसअघि शुक्रबार पनि सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकाका एक जनालाई शुक्रबार संक्रमण देखिएको थियो ।

    उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ ।

    सिमामा परीक्षण नै नगरी नेपाल प्रवेश गराएर स्थानीय तहमा पठाउँदा सुदूरपश्चिममा मात्र नभई देशभर नै कोरोना संक्रमणको जोखिम बढ्ने खतरा पैदा भएको छ ।

    यो सातामा कैलालीको गौरीफन्टा नाकाबाट मात्रै ८ हजार बढी नागरिक स्वदेश फर्किएका छन् । तीमध्ये ९५० जनाको मात्रै परीक्षण भएको छ ।

    भारतमा संक्रमितको संख्या बढिरहँदा त्यहिबाट नेपालीहरु निर्वाद रुपमा स्वदेश फर्कदा कोरोनाको संक्रमण फलने देखिन्छ ।

    यस्तो अवस्थामा सरकारले नाकामा कडाई गरेर स्वदेश आउनेहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नसकेको खण्डमा नेपालमा पनि कोरोनाले महामारीको रुप नलेल भन्न सकिन्न ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार