Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संविधान संशोधन तत्काल नहुने, प्रचण्डद्वारा भारतीय पूर्वसैनिक अधिकृतको भनाइप्रति आपत्ति

    संविधान संशोधन तत्काल नहुने, प्रचण्डद्वारा भारतीय पूर्वसैनिक अधिकृतको भनाइप्रति आपत्ति

    अनलाइन नेपाल
  • मंगलबार, १३ जेष्ठ २०७७
  • 4.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय सहमति जुटाएर मात्र संविधान  संशोधन हुने भएको छ । मंगलबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले राष्ट्रिय सहमतिका लागि केही दिन समय मागेकाले तत्काल संविधान संशोधन नहुने भएको हो ।

    बैठकमा संविधान संशोेधनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति जुटाउन प्रस्ताव गरेका थिए । जवाफमा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठकमा राष्ट्रिय सहमतिका लागि छलफल गर्नुपर्ने भएकाले केही दिनको समय दिन आग्रह गरेका थिए ।



    प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न दलहरुलाई आग्रह गरेका थिए । समाजवादी र राष्ट्रिय जनता पार्टीले आफ्ना माग पनि समेट्न आग्रह गरेका छन् ।



    बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै भारतीय सेनाका  पूर्व जर्नेल गगन दीप बक्सीले  मिडियामा दिएको अभिव्यक्ति गम्भिर रहेको बताएका थिए ।

    बक्सीले एबीपी न्युजसँग माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर भारतले ठूलो मूल्य चुकाइरहेको बताएका थिए । प्रचण्डले बैठकमा उनको भनाइ गम्भिर रहेको भन्दै आपत्ति जनाएका थिए ।

    बक्सीले माओवादीलाई पालेर हिन्दु राष्ट्र ध्वस्त पार्नु भारतको आत्मघाती गोल थियो भनी टिप्पणी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार