Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या ५ पुग्यो

    नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या ५ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं। ललितपुरमा कोरोना भाइरसको संक्रमणका कारण  एक पुरुषको मृत्यु भएको छ ।

    ललितपुरको किस्ट अस्पतालमा ५७ वर्षीय पुरुषको मृत्यु भएको हो। जेठ ११ गते  सो अस्पताल भर्ना भएका उनको १२ गते स्वाब परीक्षणका लागि टेकु प्रयोगशालामा पठाइएको थियो।



    अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो ।



    आज साँझ  मृत्यु लगत्तै आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालालाई उधृत गर्दै ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जनाए।

    यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ५ पुगेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार