Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अमेरिकी कम्पनीद्वारा अस्ट्रेलियामा कोभिड १९-को खोप परीक्षण

    अमेरिकी कम्पनीद्वारा अस्ट्रेलियामा कोभिड १९-को खोप परीक्षण

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    सिड्नी।  अमेरिकी कम्पनी नोभाभाक्सले  कोरोना भाइरस (कोभिड–१९)को  खोप परीक्षण सुरु गरेको छ । पहिलो चरणको परीक्षणमा अस्ट्रेलियामा १ सय ३१ जना स्वयंसेवीलाई खोप दिइने अमेरिकी कम्पनी नोभाभाक्सले जनाएको छ ।

    कम्पनीका अनुसन्धान प्रमुख डा. ग्रेगरी ग्लेनले पहिलो चरणमा खोप लिएकाहरूमा यसको प्रभावकारिता परीक्षण गरी अन्य कदम चालिने जनाएका छन्।



    कोरोना भाइरसविरुद्ध विश्वभरका दर्जनौं वैज्ञानिकले खोप परीक्षण गरिरहेका छन् । यसका लागि खासगरी अमेरिका, बेलायत, चीन, इजरायल, सिंगापुर र केही युरोपेली देश अग्रपंक्तिमा छन् ।



    तर, अहिलेसम्म कुनै पनि खोप सुरक्षित र प्रभावी साबित भइसकेका छैनन् । वैज्ञानिकहरूले खोप निर्माणका लागि लामो समय लाग्ने बताइरहेका छन् ।

    पशुहरूमा गरिएको परीक्षणमा खोपको न्यून डोज प्रभावकारी देखिएको ग्लेनको भनाइ छ । नोभाभाक्सले यस वर्ष कम्तीमा १० करोड डोज र अर्को वर्ष सन् २०२१ भित्रमा १।५ अर्ब डोज उत्पादन गर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार