Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • बहराइनमा कोरोना संक्रमित नेपालीले किन गरे आत्महत्या ?

    बहराइनमा कोरोना संक्रमित नेपालीले किन गरे आत्महत्या ?

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 4.8K
    SHARES

    सांकेतिक तस्बिर

    काठमाडौँ । बहराइनमा कोरोना संक्रमित एक नेपालीले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् । राम्रोसँग उपचार गराइरेका भए पनि उनले के कारणले आत्महत्या गरे भन्ने खुलेको छैन।

    एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत ताप्लेजुङका ३८ वर्षीय पुरुषले उपचार भइरहेका बेला आत्महत्या गरेका हुन् ।



    बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार कोरोनाको संक्रमण देखिएर उपचार गराइरहेका उनले बिहीबार आत्महत्या गरेको समाचार बाहिर आएको छ ।



    ती युबाले क्वारेन्टाइनको क्वारेन्टाइनको बाथरुममा झुण्डिएर आत्महत्या गरेको भन्ने जानकारी आएको उनले बताए ।

    बहराइनमा अहिलेसम्म ३ सय ३१ जना नेपालीमा कोरोनाको पुष्टि भएको छ ।  संक्रमित नेपालीमध्ये कैयौँ उपचारपछि निको भएर फर्किसकेका छन् भने उपचाररत रहेका नेपालीहरुको  अवस्था सामान्य रहेको छ ।

    बहराइनमा अहिलेसम्म १० हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बहराइनमा कोरोना संक्रमितमध्ये १५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य क्षेत्रमा बहराइन सरकारको गुणस्तरीय सेवा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार