Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • थप ४३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १६१० पुग्यो

    थप ४३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १६१० पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    काठमाडौँ ।  आईतवार बेलुका  थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    दैलेखमा २४ र जुम्लामा १९ जना संक्रमित गरेर ४३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।



    योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ भने नेपालमा संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा १६२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको थियो।

    नेपालमा हालसम्म संक्रमितमध्ये २२० जना उपचारपछि निको भएका छन्। कोरोनाका कारण अहिलेसम्म८ जनाको मृत्यु भएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार