Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जुवाडे बैकर र व्यापारीलाई म्याद थपको तयारी, प्रहरी र सिडीयो कार्यालयमा चलखेल

    जुवाडे बैकर र व्यापारीलाई म्याद थपको तयारी, प्रहरी र सिडीयो कार्यालयमा चलखेल

    अनलाइन नेपाल
  • मंगलबार, २० जेष्ठ २०७७
  • 3.9K
    SHARES

    काठमाडौं। कमलादीस्थित गगौंर बुटिक होटेलबाट सोमबार साँझ क्वाइन र पैसा सहित पक्राउ परेका भिआइपी जुवाडेहरुलाई म्याद थपका लागि प्रहरीले प्रक्रिया थालेको छ ।

    दरबारमार्ग प्रहरी बृत्तका प्रमुख डिएसपी रन्जन दाहालका अनुसार उनीहरुमाथि जुवा ऐनअन्तर्गत अन्तर्गत मुद्दा चलाउनका लागि  जिल्ला प्रसासन कार्यालय काठमाडौंमा लैजान लागिएको हो।



    उनीहरुमाथि सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा चल्न सक्ने भए पनि महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी बिश्वराज पोखरेलको ठुलो दबाब रहेका कारण प्रहरी पछि हटेको स्रोतको दाबी छ। उनीहरुलाई हिजै छुटाउन पोखरेलले दबाब दिए पनि परिसरले नमानेको स्रोतको दाबी छ।  सिडीयो कार्यालयमा पनि उनीहरुलाई छुटाउन चलखेल भएको छ।



    प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको थियो ।

    उनीहरूको साथबाट प्रहरीले २ लाख ७७ हजार सात सय रुपैयाँ र ५० देखि १ हजार लेखिएका १ सय ७९ वटा क्वाइन समेत बरामद गरेको थियो । उनीहरुबाट किन कम रकम बरामद भयो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    पक्राउ परेक्का मध्ये अशोककुमार अग्रवाल र विमल अउजा विशाल ग्रुपका संचालक हुन् ।  अग्रवाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का संचालक पनि हुन । रामचन्द्र संघाई एनआईसी एशिया बैंकका सञ्चालक हुन् । संघाईलाई गएको बर्ष नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित गरिएको थियो । उनी सुवास संघाईका भाइ हुन् । र, संघाई ग्रुपका संचालक हुन् ।

    पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दैआएका छन् ।

    प्रहरी स्रोतका अनुसार बिशाल ग्रुपको बाहुल्यता रहेको एनआईसी एसिया बैंकसँग डिआईजी पोखरेलको उठबस रहँदै आएको छ। उनले एनआईसी बैंकबाट सहयोग लिएर राहत समेत बितरण गरेका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार