Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • पक्राउ परेका जुवाडेहरुमा ज्योति लाइफ इन्सुरेन्सका अध्यक्ष पनि ,छुटाउन पूर्व एआईजी सक्रिय

    पक्राउ परेका जुवाडेहरुमा ज्योति लाइफ इन्सुरेन्सका अध्यक्ष पनि ,छुटाउन पूर्व एआईजी सक्रिय

    अनलाइन नेपाल
  • मंगलबार, २० जेष्ठ २०७७
  • 6.6K
    SHARES

    काठमाडौं। कमलादीस्थित गगौंर बुटिक होटेलबाट सोमबार साँझ क्वाइन र पैसा सहित पक्राउ परेका भिआइपी जुवाडेहरुमध्ये एक हुन ज्योति लाइफ इन्सुरेन्स कम्पनीका अध्यक्ष नन्दकिशोर शर्मा  । उनीसँगै उनका छोरी ज्वाई तथा बुटिक होटलका संचालक भारतीय नागरिक मिक्की जोगाई पनि पक्राउ परेका छन्।

    उनले सो होटलमा खासगरि मारवाडी समुदाय र धनाढ्यहरुका लागि जुवा खेलाउँदै आएका थिए।



    त्यस्तै, पक्राउ परेका अर्का व्यक्ति सूर्य लाइफ इन्सुरेन्सका संचालक सुरेश अग्रवाल हुन। उनका छोरा बिशाल अग्रवालले भने बिशाल ग्रुप अन्तर्गतका कम्पनीहरु हेर्दै आएका छन्।



    प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको थियो ।

    उनीहरुलाई म्याद थपका लागि दरबारमार्ग प्रहरी बृत्तले प्रक्रिया थालेको छ । उनीहरुलाई छुटाउन पुर्व एआईजी बिरेन्द्रबाबु श्रेष्ठ सक्रिय भएर लागेका छन् ।

    बिशाल ग्रुप अन्तर्गतको यूनाइटेड डिस्टिव्युटर नेटवर्कमा काम गर्छन् पुर्व एआईजी बिरेन्द्रबाबु श्रेष्ठ। आफुलाई गृहमन्त्रीको सल्लाहाकार वताएर उनले पक्राउ परेका भिआईपी व्यापारीलाई छुटाउन चलखेल गरेको स्रोत वताउँछ ।

    उनीहरुमाथि सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा चल्न सक्ने भए पनि महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी बिश्वराज पोखरेलको ठुलो दबाब रहेका कारण प्रहरी पछि हटेको स्रोतको दाबी छ।

    उनीहरूको साथबाट प्रहरीले २ लाख ७७ हजार सात सय रुपैयाँ र ५० देखि १ हजार लेखिएका १ सय ७९ वटा क्वाइन समेत बरामद गरेको थियो । उनीहरुबाट किन कम रकम बरामद भयो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    पक्राउ परेक्का मध्ये अशोककुमार अग्रवाल र विमल अउजा विशाल ग्रुपका संचालक हुन् । अग्रवाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का संचालक पनि हुन । रामचन्द्र संघाई एनआईसी एशिया बैंकका सञ्चालक हुन् ।

    संघाईलाई गएको बर्ष नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित गरिएको थियो । उनी सुवास संघाईका भाइ हुन् । र, संघाई ग्रुपका संचालक हुन् ।

    पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दैआएका छन् ।

    प्रहरी स्रोतका अनुसार बिशाल ग्रुपको बाहुल्यता रहेको एनआईसी एसिया बैंकसँग डिआईजी पोखरेलको उठबस रहँदै आएको छ। उनले एनआईसी बैंकबाट सहयोग लिएर राहत समेत बितरण गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार