Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • पीडामा भारत : कोरोना संक्रमित संख्याको आधारमा चौथो स्थानमा

    पीडामा भारत : कोरोना संक्रमित संख्याको आधारमा चौथो स्थानमा

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा भारत चौथो स्थानमा पुगेको छ । पछिल्लो २४ घन्टामा ९ हजार ८ सय ४६ जनामा संक्रमण थपिएसँगै भारतमा संक्रमित हुनेको संख्या अमेरिका, ब्राजिल र रसिया पछि चौथो स्थानमा पुगेको छ ।

    पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या ७५ लाख १५ हजार ३ सय ३२ पुगेको छ । त्यस्तै ४ लाख २० हजार ४ सय ९३ जनाको मृत्यु भएको छ ।



    भारतमा अहिलेसम्म २ लाख ९७ हजार १ जना संक्रमित देखिएका छन् भने ८ हजार ४ सय ७३ जनाको मृत्यु भइसकेको छ ।



    हालसम्म अमेरिकामा सबैभन्दा धेरै २० लाख ७१ हजार ४ सय ९१ जना संक्रमित देखिएका छन् भने १ लाख १५ हजार २ सय ९१ जनाको मृत्यु भएको छ ।

    त्यस्तै ब्राजिलमा हालसम्म ७ लाख ७५ हजार ५ सय ८१ जना संक्रमित देखिएका छन् भने ३९ हजार ८ सय ३ जनाको मृत्यु भएको छ । त्यस्तै रसियामा ५ लाख २ हजार ४ सय ३५ संक्रमित छन् भने ६ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार