Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोनाको आलोचना गरेका भारतका दुई वटा मुख्य मिडियामा आयकर विभागको छापा

    कोरोनाको आलोचना गरेका भारतका दुई वटा मुख्य मिडियामा आयकर विभागको छापा

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 2.2K
    SHARES

    एजेन्सी। कोरोना भाइरस महामारीप्रति सरकारले जनाएको प्रतिक्रियाको आलोचना गरेका दुई वटा मुख्य सञ्चार माध्यहरूको कार्यालयमा भारतको आयकर विभागले छापा मारेको छ।

    अधिकारीहरूले भारत समाचार टेलिभिजन च्यानल र दैनिक भास्कर पत्रिकाले कर छली गरेको विषयबारे अनुसन्धान गरिहरेको जनाएका छन्।



    ती संस्थामा काम गर्ने कर्मचारीहरूको घरमा पनि छापा मारिएको छ भने कैयौँको मोबाइल फोन जफत गरिएको छ।



    आम सञ्चारबारे वकालत गर्ने थुप्रै संस्था तथा विपक्षी दलका नेताहरूले उक्त कदमलाई प्रेस स्वतन्त्रता माथि जानिबुझी गरिएको हमलाको संज्ञा दिएका छन्।तर भारतका सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले पछिल्लो प्रकरणमा सरकारको संलग्नता अस्वीकार गरेका छन्।

    कोरोनाभाइरस महामारीकाबीच उक्त पत्रिका र भारत सञ्चारले अक्सिजनको र अस्पतालमा शय्याको अभाव जस्ता विषयमा सरकारले गरेको काम पर्याप्त नरहेको भन्दै समाचार सम्प्रेषण गरेका थिए।

    कोरोनाभाइरसका कारण मृत्यु भएको ठानिएका गङ्गा नदीमा तैरिरहेका मृत शरीरबारे पनि ती सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरेका थिए। दुवै सञ्चारमाध्यमले सरकारले समाचार सम्प्रेषण गरेकै आधारमा नियोजित रूपमा आफूहरूलाई निसाना बनाइएको बताएका छन्। बिबिसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार