Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतमा कोरोना भाइरसका नौ हजारभन्दा धेरै सङ्क्रमित थपिए, ३६ को मृत्यु

    भारतमा कोरोना भाइरसका नौ हजारभन्दा धेरै सङ्क्रमित थपिए, ३६ को मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 834
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट नौ हजार पाँच सय ३१ जना सङ्क्रमित भएको सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ।

    यसैसँगै भारतमा चार करोड ४३ लाख ४८ हजार नौ सय ६० जना कोराना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन आइतबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा ११ हजार पाँच सय ३९ जनामा सङ्क्रमण देखिएको थियो ।



    दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ हजार छ सय ४८ जना रहेका छन् ।



    गत २४ घण्टाको समयअवधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार तीन सय ६८ व्यक्तिको मृत्यु भइसकेको छ ।

    सो समयबाट हालसम्म दुई अर्ब दश करोड २४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार