Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चीनसँगकाे भिडन्तपछि गाेरखा सैनिक भारत फर्के

    चीनसँगकाे भिडन्तपछि गाेरखा सैनिक भारत फर्के

    अनलाइन नेपाल
  • बुधबार, ३ असार २०७७
  • 4.2K
    SHARES

    भैरहवा । लद्दाखकाे सीमा क्षेत्रमा भारत र चीनबीच भिडन्त भएपछि भारतीय सेनामा कार्यरत नेपाली सुनौली नाका हुँदै भारततर्फ जान थालेका छन्।

    भारततर्फ जानेको अभिलेख नराखिने भएकाले संख्या यकिन नभएको सुरक्षा निकायका अधिकारीहरू बताउँछन्। लकडाउनका कारण भारतमा पनि यातायातका साधन सञ्चालन नभएकाले घर आएका भारतीय सैनिक फर्कन पाएका थिएनन् । भारत र चीनबीच तनाव बढेका बेला उनीहरूलाई बोलाएको अनुमान गरिएको छ ।



    सुनौली नाकामा तैनाथ भारतीय सुरक्षाकर्मीले उता लकडाउन खुकुलो र यातायातका साधन सञ्चालन भएपछि सेना, प्रहरी र भारतीय अन्य सरकारी सस्थामा कार्यरत कर्मचारी सबैलाई परिचयपत्रका आधारमा प्रवेशको अनुमति दिने गरेका छन् ।



    भारततर्फ जाने ती सैनिकले सुनौलीबाट गन्तव्य स्थलसम्मको यातायातको साधनको प्रबन्ध आफैले गर्ने गरेका छन् । भारत सरकारले केही दिनदेखि सुनौलीबाट विभिन्न स्थानका लागि रोडवेजका बस सञ्चालनमा ल्याएको छ । सुनौलीदेखि करिब १ सय किमि अगाडि गोरखपुरबाट रेल सेवा सञ्चालन गरेको छ । भारतीय सेनामा कार्यरत नेपालीलाई छाड्न र लिन पहिला सुनौली नाकासम्म भारत गोरखपुरको कुडाघाटस्थित गोर्खा रेजिमेन्टको बस आउने जाने गर्थ्यो । अहिले त्यो सेवा उपलब्ध छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार