Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • लद्दाख सिमामा ठुलो संख्यामा भारतीय र चिनियाँ सेना परिचालन , परिस्थिति नियन्त्रणबाट बाहिर जानसक्ने खतरा

    लद्दाख सिमामा ठुलो संख्यामा भारतीय र चिनियाँ सेना परिचालन , परिस्थिति नियन्त्रणबाट बाहिर जानसक्ने खतरा

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 3.2K
    SHARES

    एजेन्सी। गत वर्ष गल्वान उपत्यकामा भारतीय र चिनियाँ सेनाहरूबीच भएको हिंसात्मक भिडन्तपछि एलएसी अर्थात् वास्तविक नियन्त्रण रेखामा तनाव व्याप्त छ।

    यस तनावका कारण केही रणनीतिक विज्ञहरु  भारतले चाँडै चीनसँगको सिमानामा बृहत्तर स्तरमा पूर्वाधार बढाउनको लागि चाँडो कार्य गर्नुपर्ने वताउँछन् ।



    चीनले भारतसँगको सिमानामा अचानक केही गरेको छैन, तर विगत दुई दशकको अवधिमा त्यसले बिस्तारै पूर्वाधार निर्माण गरिसकेको छ।



    भर्खरै, ब्लूमबर्गमा प्रकाशित एक रिपोर्टले भारतसँग चीनको सिमानामा सैनिकको संख्यामा उल्लेखनीय बृद्धि भएको दाबी गरेको छ।

    उक्त प्रतिवेदनका अनुसार, भारतले ५० हजार अतिरिक्त सैनिकहरू एलएसीमा परिचालन गरेको छ।

    ब्लूमबर्गले उत्तर क्षेत्रका पूर्व लेफ्टिनेन्ट जनरल डी एस हूडाको उद्धृत गर्दै  दुबै तर्फबाट सेनाको यति ठूलो तैनाथी चिन्ताजनक रहेको जनाएको छ ।

    यस्तो अवस्थामा सिमानामा दुबै सेनाले आफ्नो प्रभुत्व देखाउन खोज्नेछन् र यस क्रममा सानो घटनाले पनि परिस्थितिलाई नियन्त्रणबाट बाहिर पुर्‍याउन सक्छ।  यद्यपि अब यदि भारतले सीमामा आफ्नो सैन्य शक्ति बृद्धि गर्यो भने यो रणनीतिले प्रभाव पार्ने उल्लेख गरिएको छ ।

    हालसालै केन्द्रीय रक्षामन्त्री राजनाथ सिंह र भारतीय सेना प्रमुखले पनि लद्दाखको क्षेत्र भ्रमण गरेर भारतीय सेनाको अवस्थाको बारेमा जानकारी लिएका थिए।

    बिबिसी हिन्दीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार