Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सीमा नाकाहरुमा अब कडाइ हुँदै, दार्चुलामा सशस्त्रको भवन उद्घाटन

    सीमा नाकाहरुमा अब कडाइ हुँदै, दार्चुलामा सशस्त्रको भवन उद्घाटन

    अनलाइन नेपाल
  • बुधबार, ३ असार २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाको नव निर्मित भवनको आज  उद्घाटन गरेका छन् ।

    सशस्त्र आईजीपी खनालले  भौगोलिक विकटताका बावजुद त्यस क्षेत्रमा सशस्त्र प्रहरी कर्मचारीहरुले शान्ति सुरक्षामा पु-याएको योगदानको प्रशंसा गरे ।



    सशस्त्र आईजीपी खनालले सो गुल्मलाई गणमा स्तरोन्नती गरिने योजना रहेको वताउँदै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई शान्ति सुरक्षा लगाएत विपद् प्रकोप पीडित नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्वार कार्यमा दत्तचित्त भई सकृयताकासाथ कृयाशिल रहन निर्देशन दिए ।



    आगामी दिनहरुमा सीमा नाकाहरुमा थप बोर्डर आउट पोष्टहरु थप्दै लगिने कार्ययोजना रहेको उल्लेख गर्दै उनले क्रमिक रुपमा स्थायी भवन समेत निर्माण गरिने बताए ।

    करिब २ करोड ८७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको १५ वटा कोठा रहेकोे सो भवनमा कार्यालय, भण्डार तथा तीन वटा व्यारेक समेत रहेको छ ।
    सशस्त्र आईजीपी खनालले आजै  छाङ्गरुमा हालै स्थापना भएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छाङ्गरुको निरीक्षण समेत गरेका छन् ।
    खनालले आजै नेपाली सेनाको दुर्गादल गुल्म दार्चुला परिषरमा भएको बृक्षारोपण कार्यक्रममा बृक्षारोपण समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार