Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • के चीनविरुद्ध लड्न सक्ला भारत ? जल, थल र वायुसेना अलर्टमा !

    के चीनविरुद्ध लड्न सक्ला भारत ? जल, थल र वायुसेना अलर्टमा !

    अनलाइन नेपाल
  • बुधबार, ३ असार २०७७
  • 5.3K
    SHARES

    एजेन्सी । पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सेनाबीच भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएपछि थप तनाब उत्पन्न भएको छ ।

    आफ्ना सेनातर्फ ठुलो क्षती भएपछि भारतीय सेनालाई अलर्टमा रहन प्रधानमन्त्री नरेन्द्र मोदीले निर्देशन दिएका छन् ।  भारतले शान्ति चाहेको भन्दै मोदीलेचीनको यस्तै व्यवहार रहने हो भने कडा जवाफ दिने चेतावनी दिएका छन् । उनले देशको अखण्डतासंग सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।



    लद्दाख भीडन्तमा गोली/ बारुद नचलेपनि २० भारतीय सेनाको मृत्यु हुनुलाई भारततर्फका सेना कमजोर भएको बिश्लेशण गर्न थालिएको छ।



    लद्दाख भीडन्तमा भारतीय मिडियाहरुले चीनका सेनातर्फ ४० जना मारिएको खबर प्रवाह गरे पनि त्यसको कतै बाट पनि पुस्टि हुन सकेको छैन।

    भारतीय प्रधानमन्त्री मोदीको शब्दबाट पनि चिनियां सेनातर्फ कुनै क्षती नभएको बुझ्न सकिन्छ।

    अहिले भारतीय सेनाले  सवै जवानहरुको विदा स्थगित गरेको छ । यसका साथै भारतले चीनसंग सीमा विवादलाई लिएर जल,थल र वायुसेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

    रक्षामन्त्री राजनाथ सिंहले बुधवार सिडिएस विपिन रावत र तीनै सेनाका प्रमुखसंग उच्चस्तरीय बैठकको आयोजना गरेका थिए । भारतीय नौ-सेनाले युद्धपोत र जहाजसंगै समुन्द्री सीमामा आफ्नो उपस्थिती बढाएको जनाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

    वायु सेनालाई पनि तयारी हालतमा राखिएको छ भने भारतले फाइटर प्लेनलाई तयारी हालतमा राखेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार