Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चीनको कब्जामा रहेका १० भारतीय सैनिक रिहा

    चीनको कब्जामा रहेका १० भारतीय सैनिक रिहा

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असार २०७७
  • 4.6K
    SHARES

    एजेन्सी । भारत-चीनकाे लद्दाख सीमा क्षेत्रमा भिडन्तपछि चीनले आफ्नो कब्जामा लिएका १० भारतीय सैनिकलाई रिहा गरेको छ । भारतीय पत्रिका द हिन्दुका अनुसार लद्दाखको विवादास्पद सीमा क्षेत्रमा गत सोमबार भएको भिडन्तको क्रममा नियन्त्रणमा लिएका सैनिकहरुलाई चीनले रिहा गरेको हो ।

    रिहा हुनेहरुमा एक जना लेफ्टीनेन्ट कर्णेल, तीन जना मेजर र ६ जना जवानहरु रहेको सैनिक रहेका छन्। गत सोमबार गल्वान उपत्यकाको विवादास्पद सीमा क्षेत्रमा भारत र चीनका सैनिकबीच भिडन्त हुँदा २० भारतीय सैनिक मारिएका थिए । घटनामा ७६ भारतीय सेना घाइते भएको बताइएको छ । घटनापछि केही सैनिक सम्पर्कविहीन बनेका थिए ।



    भारत सरकारले भने सैनिकहरुको रिहाइबारे केही जनाएको छैन । उसले लद्दाखको भिडन्तमा भारतीय सैनिकहरु बेपत्ता भएकोबारे पनि केही बोलेको थिएन ।



    बुधबार दुई देशका विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको समाचार सार्वजनिक भएको थियो । विवाद कम गर्न दुई देशका उच्च सैन्य अधिकारीबीच पनि वार्ता भएको थियो । वार्तामा भारतीय पक्षले राखेको पहिलो मागअनुसार चीनले आफ्नो नियन्त्रणमा रहेका भारतीय सैनिक रिहा गरेको अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार