Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • काठमाडौं महानगरको बजेट १६ अर्ब ४२ करोड

    काठमाडौं महानगरको बजेट १६ अर्ब ४२ करोड

    अनलाइन नेपाल
  • बुधबार, १० असार २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

    महानगर उपप्रमुख हरिप्रभा खड्गीले बुधबार सबैभन्दा धेरै पूर्वाधार विकास कार्यक्रमका लागि ५ अर्ब ७७ करोड ४५ लाख ८५ हजार रुपैयाँ अर्थात कुल विनियोजित बजेटको ३५ दशमलव १५ प्रतिशत बजेटसहितको बजेट सार्वजनिक गरेकी हुन्।



    त्यस्तै महानगरले प्रशासन संचालन तथा चालु खर्चतर्फ महानगरले १ खर्ब ७४ अर्ब ७२ लाख ५० हजार रुपैयाँ अर्थात कुल विनियोजित बजेटको १० दशमलव ६४ प्रतिशत रकम छुट्याइएको छ।



    सशर्त योजना तथा कार्यक्रमहरुका लागि महानगरले २ अर्ब ५७ करोड ५१ लाख अर्थात १५ दशमलव ६८ प्रतिशत, सामाजिक विकास शीर्षकमा १ अर्ब ५० करोड ३० लाख अर्थात् ९ दशमलव १५ प्रतिशत र संपदा संरक्षण तथा संवर्द्धन शीर्षकमा १ अर्ब ३४ करोड ४७ लाख अर्थात ८ दशमलव १९ प्रतिशत रकम विनियोजन गरेको छ ।

    हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ३७ करोड ९४ लाख ६० हजार रुपैयाँ बराबर विनियोजन गरेको छ।

    बजेटका लागि महानगरले ६ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउने प्रक्षेपण गरेको छ। यस्तै बाह्य स्रोतमा सशर्त अनुदानबाट २ अर्ब ५७ करोड ५१ लाख र निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार रुपैयाँ श्रोत जुट्ने अनुमान गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार