Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बुधबार थपिएका ६२९ कोरोना संक्रमित कुन-कुन जिल्लाका हुन ?

    बुधबार थपिएका ६२९ कोरोना संक्रमित कुन-कुन जिल्लाका हुन ?

    अनलाइन नेपाल
  • बुधबार, १० असार २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा बुधबार थप ६२९ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

    बुधबार थपिएका संक्रमितमध्ये महिला ११० र पुरुष ५१९ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।



    डा. गौतमका अनुसार बीपी कोरइलारा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १० जना पुरुष, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका एकजना पुरुष, प्रादेशिक जनस्वास्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा झापाका एक जना पुरुष र मोरङका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।



    यस्तै गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका एक महिला र ५ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ३ महिला र १७ जना पुरुष, महोत्तरीका २ महिला र १० जना पुरुष रसर्लाहीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १० जना पुरुष, बैतडीका एक महिला र ३ जना पुरुष, बाजुराका ७ जना पुरुष, डोटीका १० जना महिला र ३८ जना पुरुष, कैलालीका ९ जना महिला र ४९ जना पुरुष, कंचनपुरका १६ महिला र ६९ जना पुरुष, पर्वतका एक महिला र एकजनापुरुष, रौतहटका ९ जना महिला र ३५ पुरुष र सर्लाहीका ५ महिला र १५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    डा. गौतमका अनुसार शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा धादिङका २ जना पुरुष र काठमाडौंका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका एकजना पुरुष, तनहुँका एकजना पुरुष र नवलपरासी पुर्वका ३ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा नवलपरासी पुर्वका २ जना पुरुष र पाल्पाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा भक्तपुरका एक महिला, वीर अस्पताल काठमाडौंको प्रयोगशालामा अछामका एक महिला र १२ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका २ जना पुरुष र कास्कीका ४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका ९ जना पुरुष, गोरखाका एक जना पुरुष, कास्कीका ३ महिला र २ जना पुरुष, लमजुङका एक महिला र ४ जना पुरुष, पर्वतका एकमहिला र स्याङ्जाका २ महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ५ जना पुरुष, कपिलवस्तुका एकजना पुरुष, पाल्पाका एकजना पुरुष र रुपन्देहीका एकजना महिला संक्रमित भएका छन् । यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ९ जना पुरुष र वर्दियाका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ६ जना महिला र ७० जना पुरुष, प्युठानका १० जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोटका एकजना पुरुष सुर्खेतका ३ महिला र ११ जना पुरुष, दैलेखका ४ जना पुरुष र कालीकोटका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका २९ महिला र ७४ जना पुरुष, बाजुराका एकजना पुरुष र कञ्चनपुरमा एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार