Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • लद्दाखमा थप २ भारतीय सैनिकको मृत्यु

    लद्दाखमा थप २ भारतीय सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 3.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। भारत–चीन सीमा क्षेत्र पूर्वी लद्दाखको गलवान उपत्यकामा थप २ जना भारतीय सैनिकको मृत्यु भएको छ ।

    पुल निर्माणमा खटिएका उनीहरुको श्योक नदीमा डुबेर मृत्यु भएको इण्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ ।



    समाचारमा जनाइए अनुसार मृत्यु हुने २ सैनिकहरुमा ३७ वर्षका नायक सचिन मोरे र २३ वर्षका लेसनायक सलिम खान रहेका छन् ।



    नायक सचिन महाराष्ट्रको मालेगाउँका र लान्स नायक सलीम खान पंजाबको पटियालाका भएको बताइएको छ ।

    यसअघि जून १५ मा यही क्षेत्रमा चिनियाँ सेनासँगको झडपमा २० जना भारतीय सैनिक मारिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार