Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तीन महिनादेखि बन्द रहेको शेयर बजार आजदेखि खुल्ने

    तीन महिनादेखि बन्द रहेको शेयर बजार आजदेखि खुल्ने

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । तीन महिनादेखि बन्द रहेको शेयर बजार आजदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले असार १५ गतेदेखि बजार सुचारु गर्न आइतबार नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएपछि बजार खुल्न लागेको हो।

    कोरोना कहर शुरू भएपछि शेयर बजार छोटो समयका लागि मात्रै खालिएको थियो । तर, निरन्तरको गिरावटपछि लगानीकर्ता बजार बन्द गर्नुपर्ने पक्षमा लगानीकर्ता देखिएका थिए भने अहिले लकडाउन खुकुलो भएसँगै शेयर बजार खुलाउनुपर्ने पक्षमा लगानीकर्ता छन् ।



    नियमक निकायसँग बजार खुलाउन लगानीकर्ताले विभिन्न चरणमा छलफल गरी दबाब दिँदै आएका थिए । आर्थिक वर्ष अन्त्य हुनै लाग्दा हिसाब राफसाफ गर्ने बाध्यता रहेकाले बजार खोलाउन लगानीकर्ताले विशेष जोड दिँदै आएका थिए । बजार सुधार गर्नुपर्नेमा जोड दिँदै आएका लगानीकर्ता आर्थिक वर्षको समाप्ति नजिकँदै गर्दा दबाबमा परेका हुन् ।



    लकडाउनले बजार बन्द हुँदा लगानीकर्ताको करिब १५ खर्ब रुपियाँबराबरको पुँजी स्थिर रहेको छ । पुँजी रोकिएर बस्ने तर बैंकको ऋण तथा ब्याज राफसाफ गर्नुपर्ने बाध्यता भएपछि ठूला लगानीकर्तालाई दबाब परेको थियो ।

    बजार खुले पनि लगानीकर्तालाई विद्युतीय कारोबार गर्न प्रोत्साहित गरिने बोर्डले जनाएको छ । साथै ब्रोकर कार्यालयहरूले कार्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए बोर्डले कारबाही गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार