Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दोहोरो अंकले घट्यो शेयर बजार

    दोहोरो अंकले घट्यो शेयर बजार

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 540
    SHARES

    काठमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.६५ बिन्दुमा कायम भएको हो ।

    सोमबार १ अर्ब ९ करोडको कारोबार भएकोमा मंगलबार ९५ करोड ४ लाखमा सीमित भयो । कुल ३१ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ५ को स्थिर रह्यो ।



    माइक्रोफाइनान्स र उत्पादन उपसमूह सबैभन्दा धेरै घटेका छन् । माइक्रोफाइनान्स २.८९ र उत्पादन उपसमूह ३.१२ प्रतिशत घटे ।



    होटल तथा पर्यटन उपसमूह २.६ प्रतिशत घट्यो । अंकका आधारमा वाणिज्य बैंक समूह ६, विकास बैंक ३१, फाइनान्स २५, होटल तथा पर्यटन १२९, जलविद्युत् २७, जीवन बीमा ११९, उत्पादन १५२, माइक्रोफाइनान्स ९७, निर्जीवन बीमा १३४, अन्य २४ र व्यापाार उपसमूह २९ अंक घटे ।

    माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । महिला लघुवित्तको ८.४, उपकार लघुवित्तको ७.४, नेस्डो लघुवित्तको ७.२ प्रतिशतले मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, सोल्टी होटल र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार