Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • लगातार नौ दिनपछि शेयर बजार सामान्य घट्याे

    लगातार नौ दिनपछि शेयर बजार सामान्य घट्याे

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 795
    SHARES

    काठमाडौं । लगातार ९ दिन बढेपछि नेप्सेमा सोमबार सामान्य करेक्सन आएको छ । नेप्से परिसूचक आज २.९४ अंकले घटेर २०९१.३९ को बिन्दुमा झरेको छ ।

    आज १३ वटा उपसमूहमध्ये पाँचवटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । आठवटा उपसमूहको समूहगत सूचक भने घटेको छ ।



    २७६ वटा कम्पनीका एक कराेड २९ लाख कित्ता शेयर ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।



    सबैभन्दा धेरै शिवम् सिमेन्ट्सकाे २९ कराेड ८२ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भएकाे छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र सोल्टी होटल परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार