Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • शेयर बजारमा झिनो अंकको गिरावट, ३ अर्ब बढीको कारोबार

    शेयर बजारमा झिनो अंकको गिरावट, ३ अर्ब बढीको कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 654
    SHARES

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बिहिबार झिनो अंकले घटेर बन्द भएको छ ।

    आज नेप्से ०.०६ अंकले घटेर दुई हजार ४९.३८ विन्दुमा पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये ९० कम्पनीको मूल्य बढेको छ भने १२७ कम्पनीको मूल्य भने घटेको छ।



    आज विकास बैंक, होटल, जलविद्युत्, जीवन बीमा र उत्पादन समूहको शेयर सामान्य बढेको छ । आज ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार माथिको कारोबार भएको हो ।



    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, प्रभु बैंक संस्थापक, हिमालयन लाइफ इन्स्योरेन्स, सिटी होटल र सोल्टी होटल क्रमशः अगाडि रहे ।सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार