Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • शेयर बजारमा उच्च अंकको वृद्धि, ३८ कम्पनीको शेयरमा सकारात्मक सर्किट

    शेयर बजारमा उच्च अंकको वृद्धि, ३८ कम्पनीको शेयरमा सकारात्मक सर्किट

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 867
    SHARES

    काठमाडौं । पछिल्ला कारोबार दिनमा धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार उकालो लागेको छ ।

    गएको बिहीबारदेखि लगातार उकालो लागेको परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार ५६.९४ अंक बढेर बन्द भएको छ ।



    आज उत्पादन, व्यापार र निर्जीवन बीमा समूहको शेयर सामान्य घटे पनि अरू सबै समूहको शेयर बढेको छ ।



    दिनभरको कारोबारमा ३८ कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतभन्दा बढीले बढेर सर्किट लेभेलमा कारोबार भएको छ । जसमध्ये २५ वटा कम्पनीको मात्रै सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    २७५ वटा कम्पनीका एक करोड ३१ लाख सात हजार कित्ता शेयर पाँच अर्ब ४७ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २५ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार