Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता पछि उपत्यका भित्रिन पाउने सीसीएमसीकाे निर्णय

    होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता पछि उपत्यका भित्रिन पाउने सीसीएमसीकाे निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित काठमाडाैं उपत्यकामा प्रवेश गर्न दिने निर्णय गरेको छ । तर स्थानीय तहको सिफारिस लिएर आउनुपर्ने हुन्छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आए र होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता भएमात्रै उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको हो ।



    स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नेगरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउन दिने सोमबार बसेको सीसीएमसीको बैठकले निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।



    हवाई तथा स्थलमार्गबाट आउने सबैमा यो निर्णय लागू हुने छ । सीसीएमसीले क्वारेन्टिनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ ।

    संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो । आन्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा भने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार