Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • थप १२१ जना कोरोना मुक्त

    थप १२१ जना कोरोना मुक्त

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपालमा थप १२१ जनाले कोरोना भाइरसलाई जितेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ ।

    सोमबार धरानबाट झापाका १ पुरुष, नारायणी अस्पतालबाट पर्साका ३ महिला र २० पुरुष, सर्लाहीबाट १३ जना पुरुष, कोभिड अस्पताल जनकपुरबाट धनुषका ३ जना पुरुष, सिराहाबाट १ महिला र १३ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्कीबाट १ महिला र १ पुरुष, म्याग्दी अस्पतालबाट ३ पुरुष,



    पर्वत अस्पतालबाट २ महिला र ६ पुरुष, स्याङजा अस्पतालबाट ४ महिलार २९ पुरुष, तनहुँ अस्पतालबाट ५ पुरुष, नुवाकोट अस्पतालबाट २ जना महिला र६ जना पुरुष, बाँकेबाट ५ जना पुरुष आइसोलेशन सेन्टर खजुरा बाँकेबाट ३ जना पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    प्रवक्ता गौतमका अनुसार आज डिस्चार्ज भएका १२१ जना मध्ये १३ जना महिला र १०८ जना पुरुष रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार