Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • स्थायी कमिटी बैठक: प्रधानमन्त्री पदबाट कसले हटाउन खोज्यो?, प्रमाण चाहियो

    स्थायी कमिटी बैठक: प्रधानमन्त्री पदबाट कसले हटाउन खोज्यो?, प्रमाण चाहियो

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 2.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा शिर्ष नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अभिब्यक्तिमाथि प्रश्न उठाएका छन्।

    बैठकमा सहभागी एक नेताका अनुसारपार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सचिवालय सदस्यहरु झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम लगायतले प्रधानमन्त्री ओलीले आफूलाई कसले हटाउन खोजेको हो भन्ने स्पष्ट पार्नुपर्ने माग राख्नुका साथै प्रमाण पेश गर्न माग गरेका हुन्।



    आइतवार मदन भण्डारीको ६९ औं जन्म जयन्तीमा आयोजित कार्यक्रममा ओलीले आफूलाई पदबाट हटाउन भारतसहित नेपालका नेताहरु लागिपरेको दाबी गरेका थिए। प्रधानमन्त्रीले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनी इतरका स्थायी समिति सदस्यले बैठकमा प्रधानमन्त्रीसँग जवाफ मागेका हुन्।



    ओलीले आफूलाई हटाउने षढयन्त्र भइरहेको भन्दै दिएको अभिव्यक्तिको विरोध पनि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार