Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

    एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

    सरकारको काममा पार्टीले हस्तक्षेप नगर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दुइ महत्वपूर्ण निर्णय गरेकाे छ ।

    शुक्रबार बसेको स्थायी कमिटीको बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।



    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र अर्का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय भएको छ ।



    यस्तै नेकपा बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।

    के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार