Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • फेरि ७ दिन पर धकेलियाे नेकपा स्थायी कमिटीको बैठक

    फेरि ७ दिन पर धकेलियाे नेकपा स्थायी कमिटीको बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 2.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक फेरि ७ दिन पछि धकेलिएको छ ।

    नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’



    पटक–पटक सरको नेकपा स्थायी कमिटीको बैठक आज (शुक्रबार) बिहान ११ बजे बस्ने कार्यक्रम थियो ।



    नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक किचलो उत्कर्षमा पुगेको छ ।

    फुटको संघारमा पुगेको नेकपाभित्र सहमति खोज्न भन्दै पटक–पटक स्थायी कमिटीको बैठक स्थगित गरे अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बार्ता हुँदै आएको छ । तर, दुई अध्यक्षबीच सहमतिको प्रयासले सार्थकता पाउन सकेको छैन ।

    प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने अडान लिएका छन् । प्रचण्ड–माधव नेपाल पक्षले भने ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद छोड्नु पर्ने भनेर दबाव दिँदै आएको छ ।

    अर्कोतिर यतिबेला ओली पक्षधरहरुले देशभर नारा जुलुश गरिरहेका छन् । ओलीले राजिनामा दिनु नपर्ने भन्दै उनीहरुले ओलीको समर्थनमा जुलुस गरिरहेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार