Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बैठक स्थगित गर्नु अनुचित भएको स्थायी कमिटीको ठहर

    बैठक स्थगित गर्नु अनुचित भएको स्थायी कमिटीको ठहर

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 2.8K
    SHARES

    तस्वीर : सूर्य थापाको फेसबुकबाट साभार गरिएकाे हाे ।

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद नयाँ उत्कर्षमा पुगेको छ । अध्यक्ष एवं प्रधानमन्त्रीले केपी शर्मा ओलीले एक पक्षीय रुपमा बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले बहुमत सदस्यको बैठक राखेर, उक्त बैठकले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकालेको छ ।

    बाढी पहिरो जस्ता प्रकृतिक विपत्तिमा परेकाहरुको राहत र उद्धारमा जुट्ने निर्णय गर्दै ४ साउनमा बसेको नेकपा स्थायी कमिटीले अर्को बैठक १३ साउन, ११ बजेका लागि तोकेको थियो । बैठकका लागि नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिसकेका थिए । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले स्थायी कमिटी बैठक स्थगित भएको सूचना सार्वजनिक गरे ।



    बालुवाटार पुगेका दाहाल र वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई भेटेका थिए । आफूहरुले बरु ३ बजे बैठक राखौं र, त्यहाँ आफ्ना कुरा भन्नुस् भनेको तर ओलीले त्यसलाई अस्वीकार गरेको दाहालले नेताहरुलाई ब्रिफिङ गरेका छन् । बैठकमा नेताहरुले पनि बोलेका थिए । र, बहुमत स्थायी कमिटी सदस्यको बैठकले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकालेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार