Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • संसदमा जानुपर्ने भन्दै नेकपाको स्थायी कमिटी बैठक स्थगित

    संसदमा जानुपर्ने भन्दै नेकपाको स्थायी कमिटी बैठक स्थगित

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 2.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक स्थगित भएको छ ।

    ५ जना नेताहरूले धारणा राखेपछि बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



    बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न प्रतिनिधिसभा बैठकमा जानुपर्ने भन्दै बैठक स्थगित गरिएको हो ।



    आजको बैठकमा नन्द प्रसाई, पेशल खतिवडा, लिलामिण पोखरेल, योगेश भट्टराई र मातृका यादवले बोलेका थिए ।

    प्रधानमन्त्रीले केही दिनअघि दिएको अभिव्यक्तिलाई दिएर शीर्ष नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।

    नेताहरुले सरकार र पार्टी दुवैतर्फको नेतृत्वमा ओली असफल भएको भन्दै राजीनामा मागेपछि नेकपाभित्रको राजनीति जटिलतातर्फ प्रवेश गरेको छ ।

    संकटमा परेका प्रधानमन्त्री ओलीले आज विहानै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत केही मन्त्री र नेताहरुलाई बोलाएर छलफल गरेका थिए ।

    छलफलमा मन्त्री तथा नेताहरुले प्रधानमन्त्री ओलीलाई पार्टीको निर्णय मान्न सुझाव दिएका छन् ।

    बैठक बिहीबार बिहान ११ बजे बस्ने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार